बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

विद्युत महशुल नतिर्ने उद्योगहरुको बैंक खाता रोक्का राखिदिन कुलमानको आग्रह

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

 

काठमाडौं / नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङले विद्युत महशुल नतिर्ने उद्योगहरुको बैंक खाता रोक्का राखिदिन आग्रह गर्दै नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेका छन् । प्राधिकरणका एमडी घिसिङले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरी महसुल नतिरेका ३४ वटा उद्योगहरुको खाता रोक्का राखिदिन आग्रह गरेका हुन् ।

पत्रमा उद्योगका लगानीकर्ता अन्य कम्पनीको सञ्चालक भए सेयर जारी गर्न, हक हस्तान्तरण गर्न र धितो बन्धक दिन नपाउने गरी रोक्का राखी बक्यौता महसुल असुलका लागि सहयोग गरिदिन प्राधिरकणले आग्रह गरेको छ ।

विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता तिर्न बाँकी रहेका उद्योगहरुको तत्काल लाइन नकाट्ने निर्णय गरेसँगै कुलमानले वैकल्पिक उपाय अपनाएका हुन् । Source RN

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x