शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

मुस्लिम समुदायको पवित्र पर्व रमजान आजबाट मनाइदै

  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

मङ्गलबार २९ फागुन २०८०

काठमाडौ / इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान मुबारक महिना आजदेखि मनाइदैछ । एक महिनासम्म चल्ने यस पर्वमा मुुसलमानहरु दिनभर निराहार बस्छन् ।

सूर्योदय हुनुअघि अर्थात बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज(मगरिब)को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने तालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिइन्छ ।

उर्दू पात्रोअनुसार हिजरी सम्बत्को रमजान नवौँ महिना हो । रमजानमै मुसलमानहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यस महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिइन्छ । दान गर्न, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजान व्रत बस्न आज साँझ मुसलमानहरुले चन्द्रमा हेर्ने प्रचलन छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x