शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

प्रधानमन्त्री र ओलीले राखेको प्रस्तावमाथि एकीकृत समाजवादीको छलफल

  • 38
  •  
  •  
  •  
  •  
  •  
  •  
    38
    Shares

बुधबार २३ फागुन २०८०

काठमाडौं / नवगठित सत्ता गठबन्धनमा सहभागिताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले राखेको प्रस्तावमाथि एकीकृत समाजवादीले आज छलफल गरिदैछ । 

अहिले बिहान ११ बजे बस्ने समाजवादीको बैठकले गठबन्धनमा सहभागी हुने वा नहुनेबारे छलफल गर्न लागेको हो । मंगलबार बेलुका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले माधवकुमार नेपालको कोटेश्वर निवासमा पुगेर गरेको छलफलमा सत्ता सहकार्यको लागि प्रस्ताव गरेका थिए ।

छलफलमा एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, एकीकृत समाजवादीका महासचिव भुसाल, प्रेम आले पनि सहभागी थिए । नेपाली कांग्रेस–माओवादी गठबन्धन टुटेर एमालेसहितको गठबन्धन सरकार बनेपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्पमतमा परेका छन् । उनले अब संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x