शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

सप्तरीको कृष्णा सबरन गाउँपालिकामा ४ बुँदे सहमति पछि आन्दोलनका सबै कार्यक्रम स्थगित

  • 171
  •  
  •  
  •  
  •  
  •  
  •  
    171
    Shares

बुधबार १६ फागुन २०८०

सप्तरी / सप्तरीको अग्नीसाईर कृष्णासबरन गाउँपालिकामा आन्दोलनकारी र गाउँपालिका बिच ४ बुँदे सहमति भएको छ । गाउँपालिकामा बुधबार ४ बुँदे सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम स्थगित गर्ने दुवै पक्ष बिच सहमति भएको हो ।

सहमतिमा गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी तथा वडा अध्यक्षहरू क्रमशः तेज नारायण यादव,गोपाल प्रसाद चौधरी, अशोक कुमार अचार्य र पशुपति प्रसाद चौधरी साथै बेथिती बिरुद्धको आन्दोलन सङ्घर्ष समितिको तर्फबाट संयोजक अरुण कुमार चौधरी, मिलन कुमार चौधरी, महेश कुमार चौधरी,तुल्सी प्रसाद चौधरी, तेजराज भुजेल, बेचन मण्डल,बद्री नारायण चौधरी,श्याम चौधरी र वानी चौधरीले हस्ताक्षर गरेका छन ।

गाउँपालिका अध्यक्ष चौधरीले गरेको इटहर्वा बजार कलौनी सितापुरको जग्गा सिफारिसलाई संशोधनसहित भूमि सुधार तथा मालपोत कार्यालय सप्तरीलाई रोक्का सिफारिस गर्ने, आन्दोलनरत पक्षबाट विगत १९ दिनदेखि जारी आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू आजै बुधबारबाट फिर्ता लिने, गाउँपालिका अध्यक्षको कार्यकक्षमा लगाएको ताल्चा खोल्ने, अब उपरान्त उक्त विषय लिएर गापाको कामकाजमा खलल नपुर्‍याउने साथै जनप्रतिनिधि कर्मचारीमाथि अभद्र व्यवहार, गाली गलौच नगरी कुनैपनि किसिमको विवादहरू वार्ताबाट समाधान गर्ने सहमति पत्रमा उल्लेख छ ।

तत्कालीन सगरमाथा ग्रामीण एकीकृत विकास परियोजना सितापुर प्रशवनी साबिक सितापुर( क) कित्ता नम्बर ६५ क्षेत्रफल १ बिघा ३ कठ्ठा ६ धुर हाल कित्ता नम्बर ६५५ क्षेत्रफल १ बिघा २ कट्ठा १७ धुर विवादित जग्गाको रोक्का तथा घरबाटो सिफारिस गापा अध्यक्ष चौधरीले गत माघ २८ गते  भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीलाई गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x