शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

करौडोको काम मिलाई दिन्छु भन्दै हजारौं ठगी गरेर नक्कली ठेकदार श्रेष्ठ फरार

  • 43
  •  
  •  
  •  
  •  
  •  
  •  
    43
    Shares

 

सोमबार १४ फाल्गुन २०८०,
काठमाडौं / आफु ठुलै निर्माण ब्यबसायी हुँ भनेर विभिन्न ब्यक्तिहरुलाई काम मिलाइदिने भन्दै रकम ठगी गर्ने अभिशेक श्रेष्ठ अहिले फरार भएका छन् ।आफू नेकपा माओवादी केन्द्रका नेता हुँ भनेर एक जना ब्यक्तिलाई  करिडौको काम मिलाइदिने भनेर निज ब्यक्तिले  हजारौं रुपैयाँ  लिएको तर पैसा लिइसकेपछि ठग श्रेष्ठ अहिलेसम्म फरार रहेको पिडित ब्यक्तिले नाम उल्लेख नगर्ने सर्तमा आफ्नो पीडा सुनाए। पिडित ब्यक्तिले आफ्नो पीडा सुनाउदै भने,” ती अबिसेक भन्ने ब्यक्तिले म खाडादेबी निर्माण सेवा कम्पनीको प्रोपाइटर हुँ म सङ्ग कोटेसनका काम कति छन् कति, गर्नुहुन्छ भने मिलाइदिन्छु भनेका थिए,” आफू पनि निर्माण क्षेत्र  मै काम गर्ने भएकोले मिलाउला नि त भनेर बिश्वास गरियो, निज अबिसेकले पिडित ब्यक्ती सङ्ग आज नै ठुलै काम मिलाई दिन्छु भनेर पैसा लिएर गएको तर पछि सम्पर्क गर्दा बिजि छु भोलि भेटौ काम मिलिसकेको छ भनेर आश्वासन दिएको बताए।त्यसपछि दिनहुुँ सम्पर्क गर्दा समेत भेट नदिएपछि अब काम नहुने रहेछ मेरो पैसा फिर्ता गरिदिनोस भन्दा सम्पर्कमा नै आउन छाडेको पिडित ब्यक्तिले सुनाए।उक्त ठग ब्यक्ती निर्माण ब्यबसायी  समेत नभएको  कुनै समय बुद्दनगर सङ्खमुल आसपास ठेलामा तरकारी बेच्ने काम गर्ने गरेको बताइन्छ। नेकपा माओवादी केन्द्र पार्टीको नाम बेचेर निर्माण ब्यबसायी हुँ भन्दै ठगी गर्दै हिड्ने अभिशेकलाई खोजतलास गरि पक्राउ गरेर अब कस्तो कारबाही होला त्यो भने हेर्नै पर्ने भएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x