काठमाडौं / रिम्स डोजो तथा WIKF family द्वारा  आयोजित WIKF नेपाल वादो इन्टरनेसनल डो को ब्ल्याक  बेल्ड टेस्ट तथा ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ।
प्रमुख अतिथी गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद समितिका सभापति सन्जय लामा,बिशेष अतिथिहरुमा धर्म गुरु प्रकाश भुजेल,नेपाल कराते महासंघ  काठमाडौंका अध्यक्ष ज्ञान बहादुर जिम्बा अतिथिहरुमा वरिष्ठ कराते प्रशिक्षक प्रेम बहादुर  मोक्तान, युवा नेता तथा समाजसेवी श्याम खड्का ,
WIKF  नेपालका महासचिव सन्जय जंग शाही,लगायतको उपस्थिति रहेको कार्यक्रममा बोल्दै प्रमुख अतिथी गोकर्णेश्वर नपा खेलकुद समितिका सभापति सन्जय लामाले पछिल्लो समय कराते खेलप्रती खेलाडीहरुको चासो बढ्दै गएको भन्दै खेलाडीहरुको उज्ज्वल भबिस्यको लागि शुभकामना दिए। सभापति लामाले  नगरपालिकाले खेलकुद  क्षेत्रलाई सहयोग गर्ने समेत आश्वासन दिए।त्यस्तै अर्का बक्ता कराते महासंघ काठमाडौंका अध्यक्ष ज्ञान बहादुर जिम्बाले कराते खेललाई निरन्तरता दिन सुझाए ।बिशेष अतिथी प्रकाश मानव सेवा आश्रमका  धर्म गुरु प्रकाश भुजेलले आम खेलाडीहरुको उज्ज्वल भबिस्यको कामना गरे।उनले भने,” तपाईंहरु देश बिदेश गएर जितेर आउदा हामीले नै जितेको आभास हुन्छ, जितेर देखाउनुहोला।”कार्यक्रममा धर्म गुरु भुजेलले विभिन्न जिल्ला बाट आएका खेलाडीहरुको लागि नगद ३० हजार सहयोग समेत गरेका थिए।उक्त कार्यक्रममा बोल्दै रिम्स स्कुलका प्रीन्सिपल बाल मुकुन्द कार्कीले ब्ल्याक बेल्ट प्राप्त खेलाडीहरुलाई शुभकामना दिए। उक्त करातेका प्रमुख प्रशिक्षक मान बहादुर मोक्तानले खेलाडीहरुलाई राज्यले सहयोग गर्नुपर्ने बताए। उनले भने,” बिश्वमा खेलाडीहरुलाई जुनै देश बिदेश जान पनि सहज छ हाम्रो देशमा खै?” कार्यक्रम रिम्स स्कुलका प्रीन्सिपल बाल मुकुन्द कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो।कार्यक्रमको केहि तस्वीरहरु