शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

करिव दुई दसक अगाडिको कथा बोकेर आउँदै टेलिचलचित्र “भुमरी “

  • 530
  •  
  •  
  •  
  •  
  •  
  •  
    530
    Shares

काठमाडौ / करिव दुई दशकअघिको कथाबस्तुमा निर्माण भएको सामाजिक टेलिचलचित्र “भुमरी”को छायांकन सम्पन्न भएको छ । पश्चिम् नेपालको रुकुम पुर्व जिल्लाको भुमे गाउँपालिका काक्री गाउँमा छांयाङ्कन भएको भुमरीमा पश्चिम् नेपालमा हराउँदै गएको कथालाई उठाउँन खोजिएको छ । भुमरीको टिम छायांकन समापन गरेर भर्खरै काठमाडौं फर्केको छ ।
भुमरी टेलिचलचित्रको कथा अहिले बनिरहेको टेलिसिरियल भन्दा मौलिक रहेको निर्माण टिम बताउँछन । दुर्गम बस्तीमा जिबिका चलाईरहेका विभिन्न पात्रका पिडा र मनोदशालाई समेटिएर भुमरी टेलिचलचित्र बनेको निर्माता रमेश वन गोसाइँले हामीलाई जानकारी दिए । विशेषगरी पारिवारिक हिंसालाई भुमरीमा चित्रण गरिएको निर्देशक यज्ञजंग बिक ( आयुस बिसी) ले बताए ।
सामाजिक कथामा उत्कृष्ट काम गरिरहेका यज्ञजंगले यस अघि पनि सिरियलहरूमा नबित्तम काम गरिसकेका छ्न । उनी आफ्नो सिरियलमा चाखलाग्दो कथाबस्तु भएको बताउँछन् । निर्देशक यज्ञजंगले भुमरीमा खलपात्रको भुमिकामा अभिनय समेत गरेका छन ।
निर्देशक यज्ञजंगले यसअघि चलचित्र पाठशालामा पनि अभिनय गरिसकेका छन । निर्देशनमा मात्र नभई अभिनयमा पनि विशेष रुचि छ यज्ञजंगको । करिब डेढ दशक पहिले चलचित्र पाठशालाबाटै संगै चलचित्र क्षेत्रमा हाम फालेका रमेश बन गोसाई भुमरीका निर्माता हुन । दुई साथीको सिर्जनात्मक सहकार्यमा बनेको टेलीचलचित्र हो – भुमरी ।
नेपाली टेलिचलचित्र जगतमा नयाँ,फरक र मौलिक टेलिचलचित्र निर्माण भएको भुमरीका निर्देशक र कलाकार पनि दावी गर्छन् ।
मौलिकताको नाममा काठमाडौं वरिपरि नै छायांकन गरेर भिडियो युटुवमा अपलोड गर्ने निर्देशकलाइ सुझाव दिदै निर्माता गोसाई भन्छन-` नेपाली मौलिकता देखाउँनु छ भने पुर्बदेखि पश्चिम नेपालका कुना कन्दरामा पुग्नुस । जहाँ कम अर्थिक खर्चले पनि राम्रो र मौलिकतामा आधारित काम गर्न सकिन्छ । हामीले त्यस्तै काम गर्न खोजेका हौं ।´
रुकुम पुर्बको काक्री गाँउको परिवेशमा निर्माण भएको भुमरीले टेलिचलचित्र क्षेत्रमा नयाँ आयाम ल्याउनेमा गोसाइँ ढुक्क छन । काक्री गाउँको बेसीदेखि लेक अनि भेडीगोठसम्मका मनमोहक दृश्यमा भुमरीको छायांकन भएको छ । कलाकार तथा लेखक हेमराज घर्ती आफूले लेखेको मौलिक पारिवारिक कथाले दर्शकको मन जित्ने कुरामा बिस्वस्त छन।
छाँयाङ्कनको क्रममा सहयोग गरेका स्थानीय काक्री गाउँबासीलाई विशेष धन्यवाद दिदै निर्माण टिमले गाउँलेलाइ सम्झेको छ ।
भुमरीमा मुख्य पात्र हेमराज घर्ती र प्रीया ओली हुन भने राज थापा, सम्झना तामाङ,सरस्वती दाहाल,यज्ञजंग बि.क., चुडामणि पुन,बल बहादुर नेपाली , होमराज थापा लगायत स्थानीय काक्री गाउँबासीको अभिनय रहेको छ । निर्माण टिमले दर्शकलाई भुमरीमार्फत कारुणिक कथामा सन्देश र मनोरञ्जन दिलाउन खोजेको आभास मिल्छ ।
आफ्नै होमप्रोडक्सन साईराम पिक्चर्समार्फत भुमरी निर्माण गरेका शम्शेर श्रेष्ठ पनि भुमरीका निर्माता हुन । कथा, छायांकनस्थल र कलाकारको प्रस्तुतिले दर्शकको मन जित्ने कुरामा आफूलाई बिश्वास रहेको उनले बताए । सुजन बिश्वकर्माले छायांकन गरेको भुमरी साईराम पिक्चर्समार्फत दर्शकसामु आउँदै छ । हाल सम्पादन कार्यमा भुमरीको टिम व्यस्त रहेको छ । भुमरीको केहीदिनमै प्रदर्शन मिति घोषण गर्ने तयारीमा निमार्ण टिम जुटेको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x