काठमाडौ / आम जनता पार्टीद्वारा तामाङ समुदायको पर्व सोनाम लोह्छारको उपलक्ष्यमा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

तामाङ समुदायको पर्व सोनाम लोसारको अवसरमा  पार्टी कार्यालय कोटेश्वरमा भएको एक कार्यक्रममा अध्यक्ष तथा संघीय साम्सद प्रभु साहले भ्रष्टाचार अन्त्य नभएसम्म देशमा सुशासन नआउने बताएका छन् ।

 

अध्यक्ष साहले आफ्नो पार्टीको मुल नीति नै मुलुकबाट भ्रष्टाचार सधैंका लागि अन्त्य गरिनुपर्ने रहेको बताए।उनले अहिले पनि देशमा दुई थरी राजा रहेको भन्दै एकथरी पुराना राजाबादी र अर्को थरी देश लुटेर खाने राजाबादी दलका राजाहरु भएको बताए।आफुहरु सधै यस्ता भ्रष्टाचार विरुद्ध विभिन्न कार्यक्रम गर्दै खबरदारी अभियान चलाउने गरेको सुनाए। अब आउदो चैत २४ गते  पार्टीले काठमाडौंमा बृहत भेला गर्ने जनाउदै साहले पछिल्लो समय पार्टीको गतिविधि देखेर ठुला दलहरु समेत छक्क परेको बताए।आफुहरु सत्ता केन्द्रित नरहेर मुलुकबाटै भ्रष्टाचार अन्त्य गरेर इतिहासमा नाम लेखाउन चाहेको बताए।कार्यक्रममा सो पार्टीका उपाध्यक्ष तिलक थापा मगर,आम सम्पर्क मंचका संयोजक बिल्टु यादव ,रन्जु कुमारी साह , पासाङ लामा,बिकेश तामाङ लगायत अन्य नेताहरुले आआफ्नो मन्तव्य राखेका थिए।