शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

उम्मेदवार छनोट गर्दा अबसर नपाएकालाई प्राथमिकतामा राख्ने कांग्रेसको निर्णय

  • 29
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

आइतबार १५ पुस २०८०
काठमाडौँ / नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आसन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा अहिलेसम्म अवसर नपाएका व्यक्तिहरूलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।

शनिबार सम्पन्न केन्द्रीय सदस्यहरुको दबाबपछि पार्टीमा लामो समयसम्म योगदान पुर्‍याएका, तर अवसर नपाएका नेताहरूलाई प्राथमिकतामा राखेर उम्मेदवार बनाउने निर्णय गरेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा पार्टीमा पटक-पटक अवसर पाएका, गत निर्वाचनमा उम्मेदवार भएर पराजित भएका तथा समानुपातिकतर्फ उम्मेदवार बनेका नेताहरुले चाह देखाएपछि बैठकमा नेताहरुले नयाँ अनुहारलाई अवसर दिनुपर्ने माग गरेका थिए ।

बैठकले अवसर नपाएका नेताहरुलाई प्राथमिकतामा राख्ने निर्णय गरेको हो । ‘राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार छनोट गर्दा लामो समयसम्म योगदान गरेका, तर अहिलेसम्म कुनै पनि अवसर नपाएका व्यक्तिहरूलाई प्राथमिकता दिने भन्ने निर्णय भएको छ, साथै, भूगोल, क्षेत्र र समुदायलाई पनि समेटेर उम्मेदवार बनाउने भन्ने निर्णय भएको छ ।’

माघ ७ देखि २२ गतेसम्म समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ । पुस १५ देखि माघ १५ सम्म अभियान सञ्चालन गर्न महामन्त्री गगन थापाले प्रस्ताव गरेका थिए । तर चिसोका कारण अभियान सञ्चालन गर्न असहज हुने भनेपछि एक महिनाकालागि प्रस्तावित अभियानलाई बैठकले १५ दिनमा सीमित गरेको हो ।

भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने विषयमा समेत सरकारलाई ध्यानाकर्षण गराउने बैठकले निर्णय गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x