शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

अफलाइन पठाओ र इनड्राइभ चलाउने ४८ जना पक्राउ

  • 52
  •  
  •  
  •  
  •  
  •  
  •  
    52
    Shares

आइतबार ८ पुस २०८०

काठमाडौं / अनलाइन ड्राइभिङ सेवा पठाओ र इनड्राइभ अफलाइन चलाएको आरोपमा ४८ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ४८ जनालाई पक्राउ गरेको हो।

अफलाइन चलाएको आरोपमा ७५ वटा मोटरसाइकल समेतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पुस ७ गते काठमाडौं विभिन्न स्थानहरुबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

विगतका केही आपराधिक घटनाहरुमा अफलाइन पठाओ तथा इनड्राइभ प्रयोग भएको पाइएकाले अफलाइन नचलाउन भन्दै प्रहरीले अनुरोध गरेको थियो।

सुरक्षा संवेदनशीलताको दृष्टिबाट जोखिम सृजना हुने भएको कारणले अफलाइन पठाओ तथा इनड्राइभ प्रयोग नगर्न समेत सर्वसाधारणहरुलाई प्रहरीले अनुरोध गरेको छ। source nepallive

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x