काठमाडौँ / क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको छ । जिल्ला अदालत काठमाडौँमा आज भएको सुनुवाइ नसकिए पछि मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको हो ।
अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा लामिछानविरुद्धको जबरजस्ती करणीको मुद्दाको सुनुवाइ भएको थियो ।
क्रिकेटर लामिछानेमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलेको छ ।ntv बाट
WRITE COMMENTS FOR THIS ARTICLE