एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित
काठमाडौं / एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित भएको छ । उपाध्यक्ष एवं विधान मस्यौदा समितिका संयोजक डा. बेदुराम भुसाल विदेश भ्रमणमा रहेकाले २८ र २९ मंसिरको पूर्वनिर्धारित बैठक स्थगित भएको एकीकृत समाजवादीले जनाएको छ ।
बैठकमा विधान मस्यौदाबारे छलफल गर्ने तयारी थियो । सचिवालयको अघिल्लो बैठकले पार्टीको विधान संशोधन गर्ने निर्णय गर्दै उपाध्यक्ष भुसालको संयोजकत्वमा महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला सदस्य रहेको समिति गठन गरेको थियो।
विधान मस्यौदा सचिवालयबाट स्वीकृत भएपछि स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी हुँदै राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरेर पारित गर्ने तयारी छ । अब सचिवालय बैठक पुसको २ र ३ गते बस्ने पार्टी स्राेतले जनाएकाे छ ।
WRITE COMMENTS FOR THIS ARTICLE