शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

आज नेपाली काङ्ग्रेसको शेखर समूहको बैठक बस्दै, गगन थापा पनि सहभागी हुने

  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

बुधबार २७ मंसिर २०८०

काठमाडौं / नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजे बस्ने छ। नेता डा. शेखर कोइरालाले यसअघि मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बुधबार सोही समयका लागि सरेका थिए।

कोइरालाले आफूसँग परामर्श नगरी मंगलबार बैठक बोलाएको भन्दै महामन्त्री गगन थापा सहभागी नहुने भएपछि बैठक आजका लागि सारिएको थियो।

बैठकमा आगामी २९ गते बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक, आगामी पुस १६-१९ का लागि तय भएको महासमिति बैठक, राष्ट्रियसभा निर्वाचनलगायत विषयमा छलफल हुने छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले जाडो बढेको, राष्ट्रियसभा निर्वाचनको तयारी र आन्तरिक तयारी नपुगेको भन्दै महासमिति बैठक फागुनमा सार्ने प्रस्ताव गरेकोमा शीर्ष नेता सहमत देखिन्छन्।

यस्तै आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धन र पार्टीको आन्तरिक भागबण्डाबारे इतर समूहले आज आफ्नो रणनीति बनाउने बताइएको छ।

बैठकमा आफू निकटका केन्द्रीय सदस्य, सांसद, गत महाधिवेशनमा आफ्नो प्यानलबाट निर्वाचन लडेका पदाधिकारी, प्रदेश समापतिमा निर्वाचित र पराजित दुवैलाई बोलाइएको छ।

राष्ट्रियसभा निर्वाचन, महासमिति बैठकलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको कोइराला निकट नेताहरुले बताएका छन्।

बैठकमा अर्को युवा नेता प्रदीप पौडेललाई पनि आमन्त्रण गरिएको छ। तर अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई भने बोलाइएको छैन।

गत महाधिवेशनमा शर्मा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा निर्वाचित भएका थिए। त्यसअघिसम्म उनी संस्थापन पक्ष निकट मानिन्थे। तर सभापति शेरबहादुर देउवाले टीममा समावेश नगरेपछि उनी नेता सिंहको प्यानलबाट महामन्त्रीमा लडेका थिए। र निर्वाचित पनि भए।

पार्टी रुपान्तरणको पक्षमा आवाज उठाउँदै आएका शर्माले संसदीय दलको निर्वाचनमा महामन्त्री गगन थापालाई साथ लिएका थिए भने अन्य कतिपय मुद्दामा पनि उनले थापालाई साथ दिँदै आएका छन्।

जतिबेला महामन्त्री थापा डा. कोइरालाको समूहमा थिए। त्यसअर्थमा शर्मा पनि कोइराला समूहमा जान सक्ने चर्चा चलेको थियो। तर उनले आफू कुनै पनि समूहमा संलग्न नहुने अभिव्यक्ति दिएपछि डा. कोइरालाले शर्मालाई विश्वास गर्न नसकेको उनी निकट स्रोतले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x