मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

वैदेशिक रोजगारीमा नेपालीको आकर्षण घट्यो, श्रम स्वीकृतिमा ५।६ प्रतिशतले कमी

Spread the love

काठमाडौं ।  आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति ९बिदामा आएर फर्कने० गरी गत आर्थिक वर्षमा कुल ७ लाख ९२ हजार १८७ श्रम स्वीकृति जारी भएको छ ।

यो अघिल्लो आर्थिक वर्ष २०८१:८२ को ८ लाख ३९ हजार २६६ को तुलनामा ४७ हजार ७९ अर्थात् ५।६ प्रतिशतले कम हो । नेपालको अर्थतन्त्र विप्रेषणमा ठूलो मात्रामा निर्भर रहँदै आएको अवस्थामा वैदेशिक रोजगारीमा जानेको संख्या घट्नु अर्थतन्त्रका लागि चासोको विषय बनेको छ ।

विभागका अनुसार समीक्षा अवधिमा अमेरिका–इरान युद्धका कारण खाडी मुलुकतर्फको हवाई उडान प्रभावित हुँदा नेपाली कामदारको प्रस्थानमा समेत असर परेको थियो ।

गत आर्थिक वर्षमा जारी गरिएका श्रम स्वीकृतिमध्ये ६ लाख ९७ हजार ९६ पुरुष र ९५ हजार ९१ महिलाका लागि थिए। कुल श्रम स्वीकृतिमध्ये ८८ प्रतिशत पुरुष र १२ प्रतिशत महिला रहेको तथ्यांकले नेपालको वैदेशिक रोजगारी अझै पनि मुख्यतः पुरुषकेन्द्रित रहेको देखाउँछ ।

विभागको तथ्यांकअनुसार इजाजतप्राप्त वैदेशिक रोजगार व्यवसायी ९म्यानपावर कम्पनी० मार्फत विदेश जाने नेपालीको संख्या उल्लेखनीय रूपमा घटेको छ । गत आर्थिक वर्षमा म्यानपावर कम्पनीमार्फत २ लाख ६८ हजार ९९० जना विदेश गएका छन् । अघिल्लो वर्ष यस्तो संख्या ३ लाख ५९ हजार ६७५ थियो ।

यस्तै, व्यक्तिगत रूपमा नयाँ श्रम स्वीकृति लिएर विदेश जानेको संख्या १ लाख २८ हजार ५२० पुगेको छ । यसमध्ये ९८ हजार ८४१ पुरुष र २९ हजार ६७९ महिला छन् । व्यक्तिगत रूपमा विदेश जाने समूहमा महिलाको हिस्सा २३।०९ प्रतिशत रहेको छ, जुन म्यानपावर कम्पनीमार्फत जाने महिलाको अनुपातभन्दा दोब्बरभन्दा बढी हो ।

सरकार–सरकार ९जीटूजी० प्रणालीअन्तर्गत गत आर्थिक वर्षमा ८ हजार १९७ जना नेपाली कामदार विदेश गएका छन् । यसमध्ये ६ हजार ९४५ पुरुष र १ हजार २५२ महिला रहेका छन् ।

वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स ९यूएई० नेपाली कामदारको सबैभन्दा ठूलो गन्तव्य बनेको छ । गत आर्थिक वर्षमा १ लाख ८३ हजार ५८० जनाले यूएईका लागि श्रम स्वीकृति लिएका छन्, जुन कुल स्वीकृतिको २३।१७ प्रतिशत हो ।

त्यसपछि मलेसियामा १ लाख ३२ हजार ६४६ ९१६।७४ प्रतिशत०, कतारमा १ लाख ३२ हजार ५१ ९१६।६७ प्रतिशत०, साउदी अरेबियामा १ लाख २४ हजार ५८३ ९१५।७३ प्रतिशत० र कुवेतमा ४३ हजार ३६० ९५।४७ प्रतिशत० नेपाली कामदारले श्रम स्वीकृति लिएका छन् । यी पाँच देशमा मात्रै ६ लाख १६ हजार २२० नेपाली पुगेका छन्, जुन कुल श्रम स्वीकृतिको ७७।७९ प्रतिशत हो ।

युरोपतर्फ रोमानिया नेपाली कामदारका लागि सबैभन्दा ठूलो गन्तव्य बनेको छ । गत आर्थिक वर्षमा ३३ हजार ९२० जनाले रोमानियाका लागि श्रम स्वीकृति लिएका छन् । त्यसपछि जापान ९२२ हजार २६६०, ओमान ९११ हजार ६३३०, साइप्रस ९११ हजार ६९० र बहराइन ९९ हजार ३३६० नेपाली कामदारका प्रमुख गन्तव्य बनेका छन् ।

स्रोत वर्णन मिडिया

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x