बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

नागरिक समाजको २३औँ रक्तदान कार्यक्रम सम्पन्न, ‘रक्तदान, जीवनदान’को सन्देश

स्ववियू नेपाल ल क्याम्पस र काठमाडौं महानगरसँग सहकार्यमा विश्व रक्तदाता दिवसको अवसरमा कार्यक्रम
  • 34
  •  
  •  
  •  
  •  
  •  
  •  
    34
    Shares

बिहीबार २८ जेठ २०८३

काठमाडौं / सामाजिक रूपान्तरणका लागि नागरिक समाजले नियमित गर्दै आएको रक्तदान कार्यक्रम यसपटक स्वतन्त्र विद्यार्थी युनियन नेपाल ल क्याम्पस तथा काठमाडौं महानगरपालिकासँगको सहकार्यमा सम्पन्न भएको छ ।

विश्व रक्तदाता दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष यामबहादुर जि.सी.ले २३ औँ पटक रक्तदान गरे । उनले भने, ‘रक्तदान गर्न पाउनु अवसर हो । स्वास्थ्य र उमेरले साथ दिए मात्र रक्तदान गर्न पाइन्छ ।’

जि.सी.ले विगतका वर्षहरूमा पनि रक्तदानको महत्वबारे चेतनामूलक कार्यक्रम आयोजना गर्दै आएको बताउँदै यस दिवसले युवाहरूलाई नयाँ रक्तदाताका रूपमा उत्प्रेरित गर्ने र नियमित रक्तदातालाई सम्मान गर्ने भावना बढाउने उल्लेख गरे ।

‘रक्तदान, जीवनदान । हामीले रगत दिँदा अरु कसैले जीवन पाउँछन्, मृत्युको संकट टर्छ,’ कार्यक्रममा सन्देश दिइएको थियो । ‘रक्तदान अरुको हितको काम मात्र होइन, यसले हाम्रो शरीरलाई पनि फाइदा गर्छ । यो कुनै हानी-नोक्सानी होइन,’ सहभागीलाई जानकारी गराइयो ।

कार्यक्रममा मानव अधिकारकर्मी, सञ्चारकर्मी, सामाजिक अभियन्ता, कानून व्यवसायी, विद्यार्थीलगायतले रक्तदान गरेका थिए ।

नागरिक समाजले सांस्कृतिक रूपान्तरणको माध्यमबाट सामाजिक परिवर्तन ल्याउने उद्देश्यले विपन्न विद्यार्थीलाई छात्रवृत्ति, स्थापनाकालदेखि हालसम्म ३०० भन्दा बढी अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर, लत्ताकपडा, खाद्यान्न वितरण गर्दै आएको छ । त्यस्तै विपद् व्यवस्थापनमा राहत वितरण, कोभिड महामारीमा ५ हजार बढी श्रमिकलाई राहत दिएको संस्थाले जनाएको छ ।

‘केही नहुनेको लागि हामी छौँ’ भन्ने नाराका साथ काम गर्दै आएको संस्थाले राष्ट्र र राष्ट्रियतामा योगदान पुर्‍याउने मूर्धन्य व्यक्तित्वहरूलाई मानार्थ, आजीवन, सक्रिय र साधारण सदस्यता, विशेष नागरिक सम्मान, पुरस्कार र अवार्डबाट सम्मानित गर्दै आएको पनि जानकारी दिइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x