शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

अखाद्य बस्तु उद्योग प्रहरीले गर्‍यो सिल

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares
 sharethis sharing button

काठमाडौँ / काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार राती ललितपुरको महालक्ष्मी नगरपालिका ८ मा रहेको मिनाक्षी खाद्य उद्योगमा सिल गरेको छ । म्याद गुज्रिएका करोडौँ मुल्यकाे अखाद्य सामग्रीहरु नयाँ लेभलिङ गरी आफूखुसी बजारमा बिक्री वितरण गरेको पाइएपछि सिल गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पार्ने कार्य भइरहेको भन्ने गोप्य सूचनाको अधारमा यस कार्यालयबाट खटिएका विशेष प्रहरी टोली र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुसन्धान टोलीले उक्त कार्य गरेको सप्रमाण फेला पारेपछि उद्योगमा सिल गरेको हो । प्रहरीले मिति मेट्न प्रयोग हुने सामाग्री, ठुलो परिणाममा म्याद गुज्रिएको सामाग्री बरामद गरेको छ ।

मिनाक्षि खाद्य उद्योगका सञ्चालकलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा आवश्यक कागजात सहित तीन दिन भित्र उपस्थित हुन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्देशन गरेको छ । (गोरखापत्रबाट )

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x