शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

महोत्तरीकी पूजा महतो राष्ट्रिय क्रिकेट खेलाडी बन्न सफल

  • 69
  •  
  •  
  •  
  •  
  •  
  •  
    69
    Shares

शनिबार २३ मंसिर २०८०

महोत्तरी / मधेसका छोरिहरु घरबाट निर्वाध रुपमा बाहिर घुमफिर गर्न न पाएपनि यो अवस्थालाई चिर्दै महोत्तरीकी पूजा महतो राष्ट्रिय क्रिकेट खेलाडी बन्न सफल भएकी छन्।

गौशाला नगरपालिका–९ डुवरबन्नाकी १७ वर्षीया पूजा नेपाली क्रिकेट टोलीकी चर्चित र छोटो समयमै चर्चा कमाउन सफल तथा अलराउन्डर खेलाडी  हुन्। क्रिकेट खेल्नकै लागि उनले विभिन्न देशको भ्रमण गरिसकेकी छन्।

राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउँदा निकै खुसी छु’ उनी बताउछिन ।
यसै वर्ष राष्ट्रिय टोलीमा डेब्यु गरेकी पूजाले मलेसिया र हङकङ सम्मिलित यू–१९ शृंखलामा उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। सानो उमेरमै उनले देश तथा विदेशमा राष्ट्रको नाम उँचो बनाउन सफल भएको भन्दै अहिले गृह जिल्लामा सम्मान थाप्न ब्यस्त छिन्। उनले खेलमैदान व्यवस्थापनका लागि सरोकारवाला निकायसँग क्रिकेटर पूजाले आग्रह गर्दै आएकी छन्।
‘खेलमा हारजित भइहाल्छ। देशमा रहेका तीनै तहका सरकारले खेलाडी प्रोत्साहनका लागि भूमिका निर्वाह गर्नु जरुरी छ’, उनी भन्छिन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x