शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

संघीयतालाई राम्रोसँग चलाउन सके देशको विकास हुन सक्छ: सभापति देउवा

  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares

 

मंगलबार १९ मङ्सिर २०८०

काठमाडौँ / सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयतालाई राम्रोसँग चलाउन सके देशको विकास हुन सक्ने धारणा राख्नु भएका छन ।

नेपाली कांग्रेस ओखलढुंगाको प्रथम जिल्ला सम्मेलनलाई  सम्बोधन गर्दै उनले संघीयतालाई राम्रोसँग चलाउन सके देशको विकास हुन सक्ने धारणा राखेको हो ।

त्यस्तै फरक प्रसंगमा उनले दलको एकल बहुमत आउन गाह्रो रहेको बताए । तर, नेपाली कांग्रेस एकजुट हुन सके बहुमत आउन समस्या नभएको उनको दाबी छ ।

“एउटा पार्टीको मात्र बहुमत ल्याउन अलि गाह्रो छ । तैपनि पार्टी एकताबद्ध भए बहुमत ल्याउन सकिन्छ । बहुमत ल्याए कांग्रेसले चाहे जसरी काम गर्न सक्छ,” देउवाले भने ।(सजिलोखबरबाट)

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x