सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026

जय नेपाल फिल्म हल पुनः सञ्चालनमा, नयाँ सुविधासहित दर्शकलाई आकर्षण

काठमाडौं, २१ बैशाख / लामो इतिहास बोकेको ‘जय नेपाल’ फिल्म हल पुनः सञ्चालनमा आएको छ। क्यूएफएक्सको माउ कम्पनी क्वेस्ट इन्टरटेनमेन्ट बाहिरिएपछि केही समयदेखि बन्द रहेको उक्त हललाई बज इन्टरटेनमेन्टले पुनःनिर्माण गरेर शुक्रबारदेखि सञ्चालनमा ल्याएको हो।
फिल्मकर्मी नीर शाह लगायतको उपस्थितिमा शुक्रबार बिहान शुभसाइत पूजा तथा नेपाली फिल्मका ट्रेलर प्रदर्शन गरी हल पुनः उद्घाटन गरिएको थियो।
प्रारम्भमा नेपाली फिल्म ‘लालीबजार’ प्रदर्शन गर्ने तयारी गरिए पनि अदालतको आदेशका कारण उक्त फिल्म रोकिएपछि शुक्रबार साँझ बलिउड फिल्म ‘राजा शिवाजी’ प्रदर्शन गरिएको थियो।
नयाँ स्वरूपमा सञ्चालनमा आएको हलमा ३०६ सिट क्षमता रहेको छ। दर्शकलाई आकर्षित गर्न सुतेर हेर्ने विशेष सिटको मूल्य ८०० रुपैयाँ, बाल्कोनी ५०० रुपैयाँ र सामान्य सिट ३५० रुपैयाँ निर्धारण गरिएको छ।
उक्त हल निर्माता, वितरक तथा प्रदर्शक गोपाल कायस्थ तथा बज इन्टरटेनमेन्टका रुपेश श्रेष्ठ र उत्सव शाहीको पहलमा पुनः सञ्चालनमा आएको हो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x